सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाइ कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउदै

2 years ago

सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाइ कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउदै

आज ‍देखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई दोस्रो चरणको खोप लगाउने भएको छ ।

फागुन २ गतेदेखि ८ सम्म जिल्लामा कार्यरत सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएका छन ‍।

माघ १४ देखि पहिलो चरणमा पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ । स्वास्थ्य मन्त्रालयले दोस्रो खोपका लागि काठमाडौंका १२ अस्पतालमा खोप केन्द्र तोकेको छ ।

जसअन्तर्गत वीर अस्पताल, सिभिल अस्पताल मिनभवन, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल लाजिम्पाट रहेका छन् ।

त्यस्तै, शहीद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी र काठमाडौं मेडिकल कलेज सिनामंगलमा पनि खोप केन्द्र तोकिएको मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अनिवार्य रुपमा कार्यालयको परिचय पत्र साथमा लैजानु पर्नेछ ।