सरकारले लकडाउन खुलाएपछि सहरी क्षेत्रमा कोरोनाको जोखिममा बढ्दै

2 years ago

सरकारले लकडाउन खुलाएपछि सहरी क्षेत्रमा कोरोनाको जोखिममा बढ्दै

सरकारले लकडाउन खुलाएपछि सहरी क्षेत्रमा कोरोना भाइरस संक्रमणको जोखिममा बढेको छ ।

सहरमा बाक्लो बस्ती सामाजिक  दुरी कायम गरेकोका कारण सहरी क्षेत्रमा थप कोरोना संक्रमण बढेको हो । अहिले लकडाउन भन्दा पहिला  गाउँ गएका व्यक्तिहरु पनि सहर फर्किने क्रम जारी छ। यसले पनि सहरी क्षेत्रमा जोखिम बढेको हो ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३ सय ११  जना नयाँ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा गते एकै दिनमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मंगलबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ ।

नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको सस्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाकाले जानकारी गराएको छ ।