सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य गरियो

2 years ago

सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य गरियो

सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य गरेको छ । मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता  अर्थ तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ गते देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिनुभएको हो ।

लकडाउन अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने खतिवडाको भनाइ  रहेको छ । खतिवडाले नेपाल प्रवेश बिन्दु र खुल्ला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो ।

छिमेकी  राष्ट्र लगायतका अरु राष्ट्रले चालेका सो रोगको संक्रमणबाट जोगाउन अपनाइएको नीति अनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडाले बताउनु भयो । जबर्जस्ती प्रवेश गरेमा वा प्रवेश गराएर लुकाउने काम गरेमा कानुन बमोजिम कारबाही हुने उहाले बताउनु भयो ।  त्यस्तै बैठकले साउन १५ देखि होटल–रेस्टुरेन्ट खुल्ला गर्ने निर्णय गरेको छ । भदौ १ देखि विद्यार्थी  भर्ना खुला गर्ने, लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको प्रवक्ता खतिवडालले बताउनुभयो ।

त्यस्तै बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ । बैठकले प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । बैठकले अध्यक्षमा घिमिरेसँगै रिक्त रहेका दुई सदस्यको पनि पदपूर्ति गरेको छ । प्रशासकीय अदालतको सदस्यमा रीता मैनाली र कृष्णप्रसाद पौडेललाई नियुक्त गरिएको छ । त्यस्तै ढुङ्गा, नगटी तथा बालवुा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड स्वीकृत गर्ने , रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।