सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकासमा केन्द्रीत : प्रधानमन्त्री ओली

2 years ago

सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकासमा केन्द्रीत : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकासमा केन्द्रीत रहेको बताउनुभएको छ ।

आइतबार झापाको दमक नगरपालिकामा दमक अस्पताल भवनको भर्चुअल माध्यमबाट शिल्यान्याश गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि विभिन्न ठाउमा शिलन्यास र सरकारी भवनहरु निर्माण भइरहेको बताउनुभएको हो ।

उहाँले नयाँ रेल ल्याइसकेको, पूर्वपश्चिम रेलको तयारी भएको , तुइन बिस्थापन भएको लगाएका कामहरु भएको जानकारी पनि दिनुभयो ।

सरकारले कुरामात्र नगरेको र काम पनि गरेको भन्दै प्रधानमन्त्री ओलीले राम्रा कामबाट आत्तिएकाहरुले नकारात्मक अफवाह फैलाउने गरेको बताउनुभयो ।  यस्तै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

उहाँले सुरूमा कोरोना नियन्त्रण गर्न सकिए पनि पछिल्लो अवस्थामा फैलिरहेको पनि बताउनुभयो ।