स्याङ्जामा कार्यरत प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टि

2 years ago

स्याङ्जामा कार्यरत प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टि भएपछि उच्च सर्तकता अपनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरीमा कोरोना भाइरस देखिएपछि कार्यालय भित्र रहेका सबैको नमूना श्वाव संकलनगरी परिक्षणका लागि पोखरा पठाएको थियो ।  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि गरेको हो ।

स्याङ्जाका प्रहरी प्रमुख डिएसपी राजेन्द्र प्रसाद अधिकारीले १८ जना प्रहरीमा कोरोना भाईरस देखिएको जानकारी गराउनु भयो  । अग्रपङ्तीमा रहेर कोरोना रोकथामका लागि काम गरिरहेकाहरुमा कोरोना देखिनु स्वाभिवक भएको भन्दै अव उच्च सतर्कता अपनाएर काम गर्ने बताउनुभयो ।

एक महिला प्रहरी सहित १८ जना प्रहरीमा कोरोना पुष्टि भएसँगै अग्र भागमा रहेर कोरोना रोकथामका लागि खटिनेहरुको परिक्षणको दायरा बढाउनु पर्ने माग समेत बढेको  छ ।