सप्तरीमा कोरोनाबाट मृत्यु भएको बृद्धको सबै परिवारमा कोरोना पुष्टि

2 years ago

सप्तरीमा कोरोनाबाट मृत्यु भएको बृद्धको सबै परिवारमा कोरोना पुष्टि

सप्तरीमा कोरोनाबाट मृत्यु भएको  बृद्धको सबै परिवारमा कोरोना  संक्रमण भेटिएको छ ।

७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।मृत्युकको पत्नी, छोरा, बुहारी र नाति, नातिनामा पनि  कोरोना पुष्टि भएको राजविराज नगरपालिका ६ का अध्यक्ष प्रेम यादवले जानकारी गराए  ।

मृतकको परिवार दुई साताअघि भारतबाट फर्किका थिए । बृद्वलाई साँस फेर्न गाह्रो भएपछि   उपचारका लागि धरान लगिएको थियो ।  धरानमा पीसीआर टेस्ट गराउँदा वृद्धमा  कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएका राति १० बजे वृद्धको मृत्यु भएको थियो ।