सुनचाँदीको मूल्य दिनकै ओरालो लाग्दै

2 years ago

सुनचाँदीको मूल्य दिनकै ओरालो लाग्दै

आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बिहिबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले घटेर लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।