सुनचाँदीको मूल्यमा वृद्धि

2 years ago

सुनचाँदीको मूल्यमा वृद्धि

सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ रहेको छ । यसअघि आइतबार सुनको मूल्य ९७ हजार २०० रुपैयाँ रहेको थियो ।

यस्तै आज तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ रहेको छ । यस्तै आज चाँदीको मूल्य पनि समान्य वृद्धि भएको छ । आइतबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भएको हो ।