सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

2 years ago

सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

शुक्रबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९७ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुन आज प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँमा निर्धारण गरिएको थियो ।

शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ । बिहीबार १ हजार ३ सय ४५ मा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।