सुनको मुल्य ६ सयले बढ्यो

2 years ago

सुनको मुल्य ६ सयले बढ्यो

नेपाली बजारमा आज  सुनचाँदीको मुल्य बढेको छ ।

बुधबार प्रतितोला ९२ हजार ५०० रुपैँयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६ सय रुपैँयाले बढेर ९३ हजार १०० रुपैँयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैँया कायम भएको छ । यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैँयाले बढेर १२ सय ७० कायम भएको छ ।