सुनको मुल्य २ सयले घटयो

2 years ago

सुनको मुल्य २ सयले घटयो

नेपाली बजारमा आज सुनको मुल्य २ सयले घटेको छ । 

आज छापावाला सुनको मुल्य प्रतितोला २ सयले घटेर प्रतितोला ९२ हजार ९ सयले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिवार छापावाला सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो भने शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।