सुनको मुल्य १०० रुपियाँले बढ्यो

2 years ago

सुनको मुल्य १०० रुपियाँले बढ्यो

आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।