सुनको मूल्य सय रुपियाँले घट्यो

2 years ago

सुनको मूल्य सय रुपियाँले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रुपैयाँले घटेर रु ९० हजार ८०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज आइतबार ९० हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ यस ३५ रुपैयाँमा कारोबार भइरहेको छ