सुनको मूल्य बढ्यो

2 years ago

सुनको मूल्य बढ्यो

स्थानीय बजारमा आज सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाला सुन आज ५ सयले वृद्धि भएर ९० हजार ५ सय पुगेको छ ।

त्यस्तै, सोमबार प्रतितोला ८९ हजार ५ सय ५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।तेजाबी सुन पनि प्रतितोला ५ सयले वृद्धि भएको हो । यस्तै, चाँदी प्रतितोला १ हजार १ सय ५५ मा कारोबार भएको छ ।

सोमबार प्रतितोला १ हजार १ सय २० मा कारोबार भएको चाँदी आज भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।