सुनको मुल्य तोलामा १०० रुपैयाँले बढ्यो

2 years ago

सुनको  मुल्य तोलामा १०० रुपैयाँले बढ्यो

नेपाली बजारमा आज  सुनको मूल्य तोलामा  १०० रुपैयाँले बढेको छ । 

मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० ले बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२६० रुपैयाँमा कारोबार भएको छ ।