सुनको मूल्य घट्यो

2 years ago

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज (बिहीवार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

हिजो (बुधवार) प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ९०० रहेको थियो । त्यस्तै आज प्रतितोला छापावाला सुन तोलामा ४ सयले गिरावट आइ ९१ हजार ५०० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।

बुधवारको तुलनामा आज बिहीवार चाँदीको मूल्य तोलामा २५ ले घटेको छ । हिजो प्रतितोला चाँदीको मूल्य १३ सय ४० रहेको थियो । आज चाँदीको मूल्य प्रतितोला १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।