सुनको मूल्य घट्यो

2 years ago

सुनको मूल्य घट्यो

स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला १ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयामा कारोबार भएको छ ।

सोमबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आज १ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २ सय १० मा कारोबार भएकामा आज प्रतितोला ३० रुपैयाँले ओरालो लागेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।