सुनको मूल्य घट्यो

2 years ago

सुनको मूल्य घट्यो

पछिल्लो समय नेपाली बजारमा सुन चाँदीको मूल्यमा उतारचढाव देखिएको छ ।

मंगलवार ९४ हजार २ सय रहेको थियो । भने बुधवार तोलामा ५ सयले बृद्धि भइ प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ७ सय कायम भइ कारोवार भएको थियो । तर बुधवारको तुलनामा आज सुनको मूल्य ३ सयले कमि भइ प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ । आज चाँदीको प्रतितोला मूल्य ११ सय ७५ रहेको छ । बुधवार चाँदीको मूल्य ११ सय ९० रहेको थियो ।