सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो

2 years ago

सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ ।

सोमबार छापावल सुन तोलामा ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ भने आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबारका लागि तेजावी सुनको भाउ ९७ हजार ७ सय तोकिएको छ । चाँदी प्रतितोला  अघल्लो  दिनको तुलनामा दश रुपैयाँ घटेको  छ भने आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्यमा देखिएको उतार चढाबकाकारण मूल्य तलमाथी भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।