सुनको भाउ घट्ने क्रम जारी आज तोलामा ७०० सयले घट्यो

2 years ago

सुनको भाउ घट्ने क्रम जारी आज तोलामा ७०० सयले घट्यो

नेपाली बजारमा सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कारोबार भएको छ । सोमबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले सस्तो भएको हो भने चाँदी प्रतितोला ३० रुपैयाँले घटेको  महासंघले जनाएको छ ।