सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथजात्रा हनुमानढोकाबाट लगन पुराइए

2 years ago

सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथजात्रा हनुमानढोकाबाट लगन पुराइए

सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथजात्रा हनुमानढोकाबाट लगन पुराइएको छ । जात्राको तेश्रो दिन बिहीबार रथलाई लगनटोल पुराइएको हो । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ ।

पहिलो दिन रथ असनमा लगी राखिएको थियो । जात्राको दोस्रो दिन असनबाट रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिअघि लगी राखिएको थियो । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ ।

शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो ।