सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम शिलान्याश

2 years ago

सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम शिलान्याश

काठमाडौंको असनमा रहेका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । 

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार संयुक्तरूपमा भूमिपूजा गरेर पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ गर्नुभयो ।

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको रु पाँच अर्ब ८० करोड आर्थिक सहयोगअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो ।

सन् २०१७ मा ती सम्पदाको पुनर्निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप पुनःस्थापना गरिने छ ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवालीले सबै सम्पदाको पुनर्निर्माण गर्ने क्रममा तिनको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्री प्रयोग गरिने बताउनुभयो । उहाँले भूकम्पपछिको पूननिर्माण अन्तिम चरणमाा पुगेको जानकारी पनि दिनुभयो ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख शाक्यले पुरातत्व विभागको कारण ऐतिहासिक सम्पदाको पुननिर्माणमा ढिलाई भएको बताउनुभयो । जनता जनताबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्व विभागलाई कानूनको दायराभित्र ल्याउने चेतावनी उहाँले दिनुभयो । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको उहाँको भनाई छ ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त उक्त मन्दिर १० औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्घ धर्मावलम्बीले समान आस्थाका साथ पूजार्चना