साताको दोस्रो दिन सेयरको मूल्य बढ्यो

2 years ago

साताको दोस्रो दिन सेयरको मूल्य बढ्यो

आज साताको दोस्रो दिन सोमबार पनि सेयरको मुल्य बढेको छ ।  

कारोबार खुलेसँगै सेञ्चुरी कमर्सीयल बैंक, प्रभु लाइफ इन्स्यारेन्स लगायतको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको छ भने प्रभु लाईफको आईपीओ भएका कारण यसको मूल्य वृद्धि हुनुलाई स्वभाविक रुपमा मान्न सकिन्छ । ‍

नेप्से परिसूचक १५ मिनेटमा नै ४२ अंक भन्दा धेरैले वद्धि भएको छ र कारोबार रकम पनि १५ मिनेटमा ३२ करोड रुपैयाँ भन्दा धेरै भएको थियो ‍।यस बैंकको सेयर खरिदमा पनि चाप देखिएको छ ।

सेयर बजारका जानकारहरुका अनुसार अन्य कुनै ठूलो बैंकसँग मर्ज हुन सक्ने सम्भावना भएकाले लगानीकर्ताहरु सेञ्चुरीको सेयर खरिद गर्न इच्छुक देखिएका छन् । कारोबार शुरु भएको १५ मिनेटसम्म कारोबारका आधारमा सेञ्चुरी नै अगाडि देखिएको छ ।