सीड्नीमा अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइयो

2 years ago

सीड्नीमा अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइयो

एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जले सिड्नीमा एक भब्य कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाएको छ ।

नेपालको ग्रामिण भेगमा महिनावारीप्रतिको परम्परागत सोच र महिलाको स्वास्थ्य बारेमा जनचेतना फैलाउने उद्देश्का साथ आयोजना गरिएको कार्यक्रममा सबैले यसको खुलेर प्रंशसा गरेका थिए ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम आफैंमा महिला शसक्तिकरणको प्रतिक भएको विचार ब्यक्त गरको थियो ।

लामो समयसम्म कोभिडले थचारिएको सिड्नीको नेपाली समाजको पहिलो सर्वजनिक कार्यक्रम समेत महिला दिवसका रुपमा रहनु संयोग मात्र नभइ समग्र महिलाप्रतिको सम्मानका रुपमा समेत रहेको राजदुत दाहालले बताउनु भयो ।

कार्यक्रममा बोल्दै एनआरएनका केन्द्रिय उपाध्यक्ष मन केसीले नारी र पुरूष एक रथका दुई पांग्रा भएकाले दुबैले समान अधिकारको उपयोग र बराबरीको सम्मान पाउनु पर्ने बताउनु भयो ।

एनआरएन आइसीसी महिला संयोजक भूमा लिम्बुले अन्तर्राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै गर्दा महिलाप्रति गरिने ब्यवहारमा परिवर्तनको खाँंचो आवश्यक रहेको बताइन्।

कार्यक्रममा नारी निकुन्ज अस्ट्रेलियाकी अध्यक्ष सन्ध्या शाहले महिला शसक्तिकरणको आवाजसँंगै शोषित पीडित महिलाको उत्थान र उद्धार अनि सहयोग अहिलेको प्रमुख मुद्दा भएको बताइन्।

कार्यक्रममा एनआरएन आइसीसीकी पूर्व प्रवक्ता रन्जु थापा, अधिकारकर्मी अन्जना पन्त, विना पौडेललगायत विविध व्यक्तीत्वलाई सम्मान गरिएको थियो।

कार्यक्रममा महिला अधिकारको चर्चासँंगै विभिन्न किसिमको कविता , सामुहिक नृत्यहरुले माहौल रोमान्चक बनेको थियो।