सचिवालय बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गरेको प्रस्तावमाथि छलफल सुरु

2 years ago

सचिवालय बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गरेको प्रस्तावमाथि छलफल सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गरेको प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले छुट्टाछुट्टै रुपमा राख्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको हो ।

बैठकमा ओली र प्रचण्डका साथै अरु नेताहरुले पनि प्रस्तावमाथि धारणा राखेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

दुबै अध्यक्षले पेश गरेको प्रस्तावमाथि औपचारिक रुपमा छलफल शुरु भएको र अनौपचारिक रुपमा छलफल तथा संवाद अगाडि बढाउने बैठकले महशुस गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

नेताहरुबीच औपचारिक तथा अनौपचारिक छलफल तथा अन्तरक्रिया पनि हुने र बैठकमा हुने छलफलले नै निष्कर्ष निकाल्ने उहाँले बताउनुभयो। सचिवालय बैठक बुधबार पनि बोलाइएको छ । प्रवक्ता श्रेष्ठले स्थायी कमिटीको बैठक निर्धारित समयमै हुने उल्लेख गर्नुभयो ।

नेकपाले मंसिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । पार्टीभित्र विवाद भइरहेका बेला अध्यक्षद्वयले छुट्टाछुट्टै बैठक राखेपछि नेकपा विवाद चूलिएको छ ।