संघीय प्रणाली बचाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको : उर्जामन्त्री

2 years ago

संघीय प्रणाली बचाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको :  उर्जामन्त्री

उर्जामन्त्री टोपबहादुर रायमाझीले संघीय प्रणाली नै ध्वस्त हुने खतरा उत्पन्न भएपछि संघीय प्रणाली बचाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको जिकिर गर्नु  भएको छ । बिहिवार नेपाल कम्युनिष्ट पार्टी नेकपाको काठमाडौ क्षेत्र नम्बर ४ को अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

मन्त्री रायमाझीले आफ्नै पार्टीका सांसद तथा नेताहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने र त्यसपछि विपक्षीले पनि सरकार बनाउन साथ नदिने अवस्था देखिएपछि सरकार लावारिस जस्तो हुने र यसले संघीय व्यवस्थालाई चुनौती दिने भएपछि संघीय प्रणाली बचाउनका लागि प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरेर आम निर्वाचन घोषणा गरेको बताउनु भएको हो ।

उहाँले माओवादी जनयुद्ध लडेर त्याग, तपस्या र योगदान गरेकाहरु विस्थापित भइसकेको र अवसर वादीहरुको झुण्ड पुष्पकमल दाहाल प्रचण्डको समुहमा रहेको भन्दै माधवकुमार नेपालले पनि  माओवादी जनयुद्धको लिगेसी लिन थालेको हो भनेर व्यङ्ग्य गर्नुभयो । प्रधानमन्त्री ओली पक्षधरले नेकपामा फुट हुने निश्चित देखेपछि आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरुलाई एकीकृत गर्न देशभर अगुवा कार्यकर्ता भेला गरिरहेको छ ।