साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटायो

2 years ago

साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटायो

साउदी अरबले  कतारमाथि  लगाएको नाकाबन्दी  हटाएको छ । 

तीन वर्षअघि साउदी अरबले कतारमाथि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ (अपरेसन काउन्सील जीसीसी सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् ।

सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अमेरिकी अधिकारीहरुले बताएको छ।

कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाई र स्थल नाकाबन्दी गरेको थियो । कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध पनि लगाइएको थियो ।

कतार माथि लगाएको प्रतिबन्ध लामो समयको  प्रयासबाट हटाउन सम्भव भएको हो र यो प्रतिबन्ध हटाउन  कुवेतले महत्वपुर्ण भूमिका खेलेको बताएको छ  ।