श्रम ऐन–२०७४ र सामाजिक सुरक्षा ऐन–२०७४ ऐन कार्यान्वयन गर्न माग

2 years ago

श्रम ऐन–२०७४ र सामाजिक सुरक्षा ऐन–२०७४ ऐन कार्यान्वयन गर्न माग

अखिल नेपाल सेक्युरिटी मजदुर संघले श्रम ऐन–२०७४ र सामाजिक सुरक्षा ऐन–२०७४ ऐन कार्यान्वयन गर्न माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले आफूहरुले अघि सारेका मागहरु पूरा गर्नुपर्नेमा जोड दिएको हो ।  कार्यक्रममा संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकालले श्रम ऐन–२०७४ र सामाजिक सुरक्षा ऐन–२०७४ कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारी स्वामित्वमै रहेका संस्थाहरुले खासगरी नेपाल टेलिकम, प्राधिकरण, खानेपानी संस्थानलगायतले श्रम ऐन उल्लंघन गरेको आरोप लगाउनुभयो । मजदुरहरुले पाउनुपर्ने दुर्घटना विमा समेत नदिएको उहाँको आरोप छ ।

संघले श्रम ऐन र सामाजिक सुरक्षा ऐन–२०७४ पूर्ण रुपमा कार्यान्वयन गर्नुको सट्टा केहि कम्पनीहरुले कामदारलाई कामबाटै निकालेको आरोप पनि लगाउनुभयो ।

ऐन कार्यान्वयन गर्ने निकायहरु श्रम मन्त्रालय, श्रम विभाग र सामाजिक सुरक्षा कोषले नै मौनता साँधेको संघको आरोप छ । त्यस्तै, गरुड सेक्युरिटीले मजदुरहरुलाई जबरजस्ती राजीनामा गराई ग्रेड लगायतका सुविधा कटौती गरि दशौं वर्ष काम गरेका मजदुरहरुले पाउनुपर्ने हरहिसाबभन्दा कम भुक्तानी गरेको पनि संघले जनाएको छ ।