शनिबार थप १२०१ जनामा कोरोना पुष्टि

2 years ago

शनिबार थप १२०१ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप १२०१ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४१६ महिला र ७८५ पुरुष गरि थप १२०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । संक्रमितहरुमा काठमाडौंमा ३७७  , ललितपुरमा ३७ र भक्तपुरमा १७ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५३१२० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । त्यस्तै शनिबार ८५२ जना डिष्चार्ज भएका छन् ।

यो संगै नेपालमा हालसम्म जना निको भएर ३७५२४ डिष्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो ।

हाल सक्रिय संक्रमितको संख्या १५२६० जना रहेका छन् भने क्वारेन्टाइनमा  ६३५४ जना छन् । त्यस्तै  होम आइशोलेशनमा ६ हजार १ सय ५३ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा  ९ हजार एक सय ७ जना रहेका छन् । हालसम्म ८ लाख ३१ हजार ३६२ पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।