शुक्रवार सुनको मूल्य घट्यो

2 years ago

शुक्रवार सुनको मूल्य घट्यो

शुक्रवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बिहीवार नेपाली बजारमा सुन प्रतितोला २०० रुपैयाँ धेरै अर्थात् ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी भने ११ सय ८० रुपैयाँ प्रतितोलामै बिहीवारदेखि कारोबार भइरहेको छ ।