विश्व बैंक र अर्थमन्त्रालयबीच आठ करोड अमेरिकी डलर बराबरको आयोजनामा हस्ताक्षर

2 years ago

विश्व बैंक र अर्थमन्त्रालयबीच आठ करोड अमेरिकी डलर बराबरको आयोजनामा हस्ताक्षर

नेपालको कृषि क्षेत्रलाई सुदृढ र कोरोना पश्चातको आर्थिक पुनरुत्थानलाई अभिवृद्धि गर्न विश्व बैंक र  अर्थमन्त्रालयबीच आठ करोड अमेरिकी डलर बराबरको ग्रामिण उद्यम र आर्थिक विकास आयोजनामा हस्ताक्षर भएको छ ।

सोमबार सिंहदरबारमा अर्थमन्त्रालयका सचिव शिरिकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपााल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जजर्भोसले हस्ताक्षर गर्नुभयो ।

आयोजनाले ग्रामिण उत्पादक समूहहरु र नीजि क्षेत्रका क्रेताहरुबीच उत्पादनशील साझेदरीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गर्ने मन्त्रालयले जनाएको छ।

आयोजना प्रदेश ५ बाहेकका प्रदेशका मूख्य आर्थिक करिडोरम कार्यान्वयन हुनेछ । हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुंगानाले आयोजनाले कृषि क्षेत्र र बजारको दिगो सम्बन्धलाई स्थापित गर्दै आर्थिक पुनरुत्थानलाई सघाउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजनाले नेपाल सरकारको कृषि विकास रणनीति २०७२–२०९२ लाई टेवा पुराउने अर्थ मन्त्रालयले जनाएको छ ।