विश्वमा कोरोना संक्रमितको संख्या बढ्दै

2 years ago

विश्वमा कोरोना संक्रमितको संख्या बढ्दै

कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६६ हजार ७१८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८९ लाख १४ हजार७८७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

आइतबारसम्म प्राप्त समाचारअनुसार कोरोनाका कारण बिरामी भएका ४७ लाख ३८ हजार ५४७ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना संक्रमित करिब ३७ लाख ०९ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५०३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ३० हजार ५७८ जनामा कोरोनाका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार ९८० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

त्यस्तै  मेक्सिकोमा पनि १७५२०२ मानिसहरू कोरोना संक्रमित छन् जहाँ २०,७८१ मानिस कोरोना भाइरसको कारण मरि सकेका छन्। ब्राजिलमा १ लाख ७० हजार र १ ३९ जनालाई कोरोनाको जम्मा घटना देखिएको छ र  ५० हजार०५८ व्यक्तिको मृत्यु भयो। भारतमा ४लाख ११ हजार ७ सय २७ जना कोरोनाले संक्रमित भएका छन् र १३ हजार २ सय ७७ मरेका छन्।

त्यस्तै पाकिस्तानमा कोरोनाको कुल सक्रिय केस १ लाख ७१ हजार ६सय ६६ रहेको छ र कूल मृत्यु ३ हजार ३ सय ८२ छ। चीनमा८३ हजार ३ सय ५२ सक्रिय केस छन् र ४ हजार ६ सय ३४कोरोनाका कारण मरेका छन्। बेल्जियममा ६० हजार ५५० मानिसहरूलाई कोरोना भाइरस संक्रमित छ र कुल मृत्यु ९ हजार ६९६ रहेको छ।

काजाकिस्तानमा १६ हजार ७ सय ७७ जना सक्रंमित छन् भने  ११८ कुल मृत्युको मामला छन्। भेतनाममा ३४९को कुल सक्रंमित छन् र अहिले सम्म कुनै मृत्यु भएको छैन। जबकि बोलिभियामा २३ हजार ५ सय बाह्र जना कोरोना भाइरसबाट संक्रमित छन् र ७४०जना मरेका छन्।