वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग

2 years ago

वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

काठमाडौंको वीर अस्पताललाई कोभिड १९ को अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यस सम्बन्धी अध्ययनरत विद्यार्थीलाई कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि खटाउने निर्णय पनि गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो।

त्यस्तै उपत्यकामा गम्भिर अवस्थाका कोरोना संक्रमति उपचाकरा लागि ६० वेडको आइसीयु व्यवस्थापन गर्न बजेट छुट्टाइएको उहाँले बताउनुभयो । त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा ६० वेडको आइसीयु थप गर्न बजेट थप भएको उहाँको भनाइ छ ।