वीरगञ्जमा कोरोना संक्रमित महिलाले छोरीलाई जन्म दिईन

2 years ago

वीरगञ्जमा कोरोना संक्रमित महिलाले छोरीलाई जन्म दिईन

नारायणी अस्पतालको गण्डक अस्थायी कोभिड हस्पिटलमा उपचाररत कोरोना संक्रमित गर्भवती महिलाले आज बिहान  छोरीलाई जन्म दिएकी छन्।नेसनल मेडिकल कलेजमा उपचार गर्न पुगेकी महिलामा कोरोना सङ्क्रमण भेटिएपछि उनलाई बिहिबारदेखि नै गण्डक अस्पतालमा भर्ना गरिएको थियो।

वीरगञ्ज महानगरपालिका–१ छप्कैयानिवासी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजेर १० मिनेटमा ३ केजी तौल भएकी छोरीलाई जन्म दिएकी र अहिले आमा र छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य  रहेको अस्पतालका इन्चार्ज डा.नीरजकुमार सिंहले जनाकारी गराए।