विभिन्न सातवटा देशले अक्सफोर्डको खोपको प्रयोगमा रोक लगायो

2 years ago

विभिन्न सातवटा देशले अक्सफोर्डको खोपको प्रयोगमा रोक लगायो

अक्सफोर्डको कोरोना खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै विभिन्न सातवटा देशले भ्याक्सिन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् ।

यस खोपमाथि अस्थायी रूपमा रोक लगाउने देशहरुमा डेनमार्क, नर्वे, इटाली, अस्ट्रिलिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया रहेका छन् । नेपालमा प्रयोग भइरहेको कोभिशिल्ड पनि यही अक्सफोर्डले निर्माण गरेको खोप नै हो ।

युरोपमा अहिलेसम्म ५० लाख व्यक्तिले यो भ्याक्सिन लगाइसकेका छन् । यसमध्ये झण्डै ३० जनामा रक्तनलीमा रगत जम्ने (ब्लड क्लाटिङ) समस्या देखिएको छ ।

‘ब्लड क्लाटिङ) का कारण रक्तनली थुनिने वा रगतको प्रवाहमा अवरोध आउनाले हृदय, मष्तिष्क लगायतका अन्य अङ्गमा आवश्यक मात्रामा रगत पुग्न पाउँदैन । चिकित्सकहरूका अनुसार यस्तो भएमा हृदयाघात तथा मस्तिष्कघात हुनसक्ने खतरा हुन्छ ।