विभिन्न कार्यक्रम गरि स्वामी महावीरको २६२० औं जन्म जयन्ती मनायो

2 years ago

विभिन्न कार्यक्रम गरि स्वामी महावीरको २६२० औं जन्म जयन्ती मनायो

जैन धर्मका महान प्रर्वतक स्वामी महावीरको २६२० औं जन्म जयन्ती आइतबार विभिन्न कार्यक्रम गरि मनाइएको छ । जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्ले काठमाडौंका विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

स्वामी महावीरले मन, बोली र शरिरमाथि नै नियन्त्रण राखी संसारीक कुराहरुमाथी विजय प्राप्त गरेको उल्लेख छ । महावीरको जन्म ईशापूर्वभन्दा ५९९ वर्ष पहिला भएको थियो ।

जैन धर्ममा तिर्थकरहरुको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरु सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ । असत्य र समानताका प्रवर्तक महावीर गुरुले वर्गभेद र आर्थिक असमानता पन्छाउन समताको सिद्धान्त समेत अघि सार्नुभएको थियो ।