विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उदेश्यका साथ स्थापना गरेको भरोसा कोषको रकम वितरण सुरु

2 years ago

विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उदेश्यका साथ स्थापना गरेको भरोसा कोषको रकम वितरण सुरु

आइएमई ग्रुपले कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई  सहयोग गर्ने उदेश्यका साथ स्थापना गरेको भरोसा कोषको रकम वितरण सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच  आइएमइ ग्रुपका अध्यक्ष एवं उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र आइएमइ ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आवदेकहरुलाई चेक हस्तान्तरण गरि कोषको रकम वितरण सुरु गर्नुभएको हो ।

कोषबाट आवदेकहरुलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको छ । आइएमइ पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने व्यवस्था मिलाईएको छ । कोषको सहयोग रकम पुष मसान्तसम्म हस्तान्तरण गर्ने लक्ष्य आइएमई ग्रुपले लिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष ढकालले कोरोनाका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीहरुको मृत्यु भएको र आश्रित परिवारमा  ठूलो पिडा भएको महशुस गरी भरोसा कोष स्थापना गरिएको जानकारी दिनुभयो ।

त्यस्तै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नेपालको अर्थतन्त्र धानिरहेको रेमिट्न्स क्षेत्रलाई बलियो बनाउने श्रमिकहरुको कोरोनाका कारण निधन हुनुले राष्ट्रकै लागि अपुरणीय क्षति पुगेको बताउदै आइएमई ग्रुपले आश्रित परिवारलाई सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोष कोरोनाले विदेशमा मृत्यु भएका श्रमिकका आफन्तहरुलाई मात्र पदान गरिने कार्यक्रम भएको जानकारी दिनुभयो ।