लिबियाका शक्तिशाली गृहमन्त्री फाथी बासाघाको हत्याको प्रयास

2 years ago

लिबियाका शक्तिशाली गृहमन्त्री फाथी बासाघाको हत्याको प्रयास

लिबियाका शक्तिशाली गृहमन्त्री फाथी बासाघाको हत्याको प्रयास भएको छ । उनीनिकट स्रोतले दिएको जानकारीअनुसार राजधानी सहर ट्रिपोलीबाहिर उनीमाथि हत्याको प्रयास भएको हो ।

आइतवार उनी राष्ट्रिय आयल कर्पोरेसनका अध्यक्षसँगको बैठक सकेर ट्रिपोली फर्किँदै गर्दा उनका सहयोगीमाथि परिचित हतियारधारी समूहले आक्रमण गरेको हो ।

५८ वर्षीय गृहमन्त्री भने यो घटनामा सकुशल बच्न सफल भएका छन् । उक्त घटनामा संलग्न एक आक्रमणकारी मारिएका छन् भने अन्य दुईजना पक्राउ परेका छन् ।

पछिल्लो केही समययता बासाघा लिबियामा चरमपन्थी संगठनहरुलाई निशस्त्रीकरण गर्ने योजनामा अघि बढिरहेका छन् । सन् २०११ मा लिबियाका शासक मआमार गद्दाफीको पतनपछि राजनीतिक अस्थिरता तथा द्वन्द्व जारी छ ।