लोकसेवा आयोगले परिक्षा लिदा पनि नजिता प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरुले विरोध प्रदर्शन

2 years ago

लोकसेवा आयोगले परिक्षा लिदा पनि नजिता प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरुले विरोध प्रदर्शन

लोकसेवा आयोगले परिक्षा लिदा पनि नजिता प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत सवै परिक्षा पुरा हुदा पनि नजिता प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

त्यस्तै सवै परिक्षा पुरा भएपछि अन्तिम अवस्थामा कोटा पनि कटौती गरिएको उनीहरुको आरोप छ । लोकसेवाको लापरवाहीले गर्दा संस्थाप्रतिको भरोसा नै उठ्ने अवस्थामा पुगेको उनीहरुले भनाई छ ।

सवै परिक्षा भइसकेपछि नजिता प्रकाशन गर्न र कोटा कटौती नगर्न अदालतले आदेश दिँदा समेत आयोगले आदेशको अपव्याख्या गर्दै नजिता प्रकाशन नगरेको परीक्षार्थीहरुको भनाई छ ।

उनले छिटोभन्दा छिटो सिफारिस सूची टुंगो लगाउनुपर्ने माग गरेका छन् ।