लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्री ओलीले आघात पुराएको आरोप

2 years ago

लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्री ओलीले आघात पुराएको आरोप

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्री ओलीले आघात पुराएको आरोप लगाउनुभएको छ । 

प्रतिनिधिसभा बिघटनको विरुद्धमा नागरिक संगठनहरुले सोमबार काठमाडौंमा गरेको नागरिक भेलामा उहाँले संविधानलाई मिच्दै संसद बिघटन गरेर ओलीले लोकतन्त्रको मूल्यमान्यतामाथि आघात पुराएको आरोप लगाउनुभएको हो ।

पौष ५ गते प्रधानमन्त्रीले चालेको कदम संविधानको मर्म विपरित भएकै कारण संघर्ष गर्नुपरेको उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले पदमा रहदा पदिय दायित्व पुरा नगरेका कारण अध्यक्ष केपी ओलीलाई कारवाही गरिएको जिकिर गर्नुभयो । समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट ओली विचलित भएको उहाँले आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले निर्वाचन आयोग कुनै व्यक्तिको लहडमा नचल्ने चन्दै ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्ने दावी गर्नुभयो । उहाँले ओलीले कसैको सम्मान गर्न नजानेको भन्दै अर्काको अपमानमै रमाइरहेको टिप्पणी गर्नुभयो ।