रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइयो

2 years ago

रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइयो

कोरोना संक्रमण जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीले बेसार पानी र गुर्जो खाएर कोरोनामुक्त भएको बताएका छन् ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका कर्मचारी शिवहरी आचार्यले बेसार पानी, गुर्जो, अदुवा लगायतका घरेलु औषधिबाट कोरोना संक्रमण जितेको बताउनुभएको हो ।

उहाँले  आफु मन्त्रालयको काममा विभिन्न कार्यालयहरुमा हिडडुल गर्दा आफुमा कोरोना संक्रमण भएको पनि उल्लेख गरे । आचार्यले कोरोना पुष्टि भएपछि परिवारसँग छुट्टै रहेर होम आइसोलेसनमा बसेको बताउनुभयो ।

कोरोना पुष्टि भएको १६ औ दिनमा आफ्नो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि २१ दिनसम्म बसेको र कोरोना जितेर आफु कार्यालयको नियमित कार्यमा फर्किएको उहाँले बताउनुभयो ।

यस्तै कोरोना जितेका स्वास्थ्य सेवा विभागमा कार्यरत सवारी चालक उत्तर कुमार काफ्लेले आफुमा लक्षण नभएकाले आफुले सजिलै कोरोना जितेको बताउनुभयो । 

कोरोना लागेका व्यक्तिलाई समाजबाट हेलाको भावले हेर्ने गरेको र उनीहरु र उनीहरुका परिवार प्रति नराम्रो घटना हुने गरेको भन्दै यस्ता घटनाले बिरामीलाई थप मानसिक तनाब हुने उहाँको भनाई छ ।

काफ्लेले संक्रमण नदेखिएकाहरुमा भोलि संक्रमण हुनसक्ने भएकाले कोरोनाबाट बच्न सबै सचेत हुनुपर्ने पनि बताउनुभयो ।