राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने : पार्वत गुरुङ

2 years ago

राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने : पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गर्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा उहाँले राजनीतिक घटनाक्रम र कोरोनाका कारण व्यवसायलाई कुनै असर नपर्ने बताउनु भएको हो ।

 उहाँले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्ने आशङ्का गरे पनि त्यस्तो केही नहुने बताउनु भयो । मन्त्री गुरुङले  देश अब नयाँ जनादेशबाट अघि बढ्ने उल्लेख गर्नुभयो ।  मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गर्नुभयो ।


यस क्षेत्रले रोजगारीको सिर्जना गरेर सम्वृद्धिमा सहयोग पु¥याउने उहाँको भनाइ छ । उहाँले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । कार्यक्रममा नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले खेती गरेर जडीबुटीको उत्पादन बढाएर लैजान सकिने धारणा राख्नुभयो ।