रुकुम-पूर्वकै सिस्ने गाउँपालिमा पहिलो पूर्ण खोपयुक्त सुनिश्चितको घोषणा

2 years ago

रुकुम-पूर्वकै सिस्ने गाउँपालिमा पहिलो पूर्ण खोपयुक्त सुनिश्चितको घोषणा

रुकुम–पूर्वको सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । प्रतिनिधिसभाका सदस्य कमला रोकाले बिहीबार प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चितको घोषणा गरेको छ ।

गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र स्वास्थ्य कार्यालय रुकुम पूर्वको सक्रियता र सरकारको लक्ष्य तथा लगानीमा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्लामा अहिले पर्ण रुपमा बालबालिकाले नियमित रुपमा खोप पाएको छैन् ।

यसैगरी गाउँपालिका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले गाउँपालिकामा बालबालिका जन्मेदेखि १५ महिनासम्मका ५२१ जना र १६ देखि २३ महिना सम्मका २९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएपछि गाउँपालिका पूर्ण खोप घोषणा सफल भएको छ  बनेर जानकारी दिएको छ ।