रिक्त पद नियुक्तिबारे छलफल मात्र भएको

2 years ago

रिक्त पद नियुक्तिबारे छलफल मात्र भएको

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठकमा रिक्त रहेको पदमा बिषयमा छलफल मात्र भएको छ ।

नयाँ अध्यादेश पछि बसेको बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेको पदमा नियुक्तिबारे छलफल मात्र भएको र कुनै निर्णय नभएको स्रोतले जनाएको छ ।  सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिनै संवैधानिक परिषद्को बैठक बसेको थियो।

मंगलबार दिउँसो आकस्मिक रुपमा जारी भएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशका आधारमा बैठक बसेको हो।अध्यादेशले अध्यक्षसहित कम्तिमा बहालवाला बहुमत सदस्यको उपस्थिति भएमा निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेको छ ।

अहिले पाँचजना सदस्य रहेको परिषदमा दुईजना उपस्थित नभए पनि अध्यक्ष ओलीले बैठक राखेका हुन्। बैठकमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित हुनु भएको थियो ।