यस वर्षको दशैंमा खासै खसी बोकाको माग नबढ्ने देखियो

2 years ago

यस वर्षको दशैंमा खासै खसी बोकाको माग नबढ्ने देखियो

विगतमा दशैंका लागि काठमाडौंमा खसी बोकाको माग करिब ५० प्रतिशतले बढ्दै आएकोमा यस वर्षको दशैंमा खासै माग नबढ्ने देखिएको छ ।कोरोना महामारीका कारण अधिकांश मानिस पहिले देखि नै गाउँ गएका र काठमाडौंमा समेत खासै चहल पहल नभएकाले माग धेरै बढ्ने आँकलन व्यवसायीहरुले गरेका हुन् ।

काठमाडौंको ठुलो खसीबोका बजारका रुपमा लिइने कलंकी खसी बजारका व्यवसायीले काठमाडौंमा खासै खसी बोकोको माग नबढ्ने आँकलन गरिएको बताएका छन् । कलंकी खसी बजारका चौपाया खरिद विक्री प्रालिका अध्यक्ष जनककुमार खड्काले यस वर्ष दशैंमा पनि समान्य अवस्थाको जस्तै खसी बोकाको माग रहने आँक्लन गरिएको बताउनुभयो ।

कलंकी खसी बजारबाट सामान्य अवस्थामा मासिक औषत ४० हजार खसी बोका बिक्री हुने गरेको छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने भएको छ ।  कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।