यातायात व्यवसायीहरुको विरोध

2 years ago

यातायात व्यवसायीहरुको विरोध

विदेशबाट उद्धार गरेर स्वदेश ल्याइएका नेपालीलाई गन्तव्यसम्म पुराउन सरकारले केहि कम्पनीका गाडीलाईमात्र अनुमति दिएको भन्दै यातायात व्यवसायीहरुले विरोध गरेका छन् ।

होल्डीङ सेन्टरबाट देशका बिभिन्न स्थानमा नेपालीहरुलाई पुराउन पहुँच भएका व्यक्तिका कम्पनीको गाडीलाई मात्र अनुमति दिइएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । विदेशबाट उद्धार गरी ल्याइएका व्यक्तिहरुलाइ निश्चित समयसम्म होल्डीङ सेन्टरमा राखेपछि होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पुर्याउँने काम पनि सरकारले गर्दै आएको छ ।

सो क्रममा सवारी भाडा पनि लिने गरिएको छ । मंगलबार काठमाडौंको बिभिन्न होल्डिङ सेन्टरमा पुगी केहि व्यवसायीहरुले आफुहरुको सार्वजनिक सवारीसाधनलाई पनि प्रयोगमा ल्याउनुपर्ने बताए । उनीहरुले पहुँचका भरम कुनै कम्पनीका गाडीलाइ मात्र सञ्चालन गर्न दिनु मान्य नहुने भन्दै विरोध जनाए । 

आफुहरुको विरोधपछि सम्बन्धीत पक्षले छलफलमा बोलाएको उनीहरुले जानकारी दिएका छन्  । यसअघि  विदेशबाट उद्धार गरी ल्याइएका व्यक्तिहरुलाई गन्तव्यसम्म पुराउदा सवारी भाडादरमा ठगी गरिएको गुनासो आएको थियो ।