मुलुक संघीयतामा गइसकेपछि पनि केन्द्रीकृत शासन प्रणाली चलिरहेको विमलेन्द्र निधीको भनाई

2 years ago

मुलुक संघीयतामा गइसकेपछि पनि केन्द्रीकृत शासन प्रणाली चलिरहेको विमलेन्द्र निधीको भनाई

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुक संघीयतामा गइसकेपछि पनि केन्द्रीकृत शासन प्रणाली चलिरहेको बताउनुभएको छ ।

महेन्द्रनारायण निधि प्रतिष्ठानले आइतबार काठमाडौंमा गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान’ विषयक कार्यक्रममा निधिले स्थानीय विकासका लागि पनि सिंहदरबारबाट निर्णय भइरहेको बताउँदै त्यसका लागि राजनीतिक दलहरुको कमजोरी भएको बताउनुभयो ।

उहाँले तत्कालिन अवस्थामा मुलुकलाई निकास दिनका लागि परिस्थितिवश एक थान संविधान बनाएको र अव यसलाई सुधार गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । निधिले निर्दलीय संविधान नबनाएको भन्दै नयाँ पुस्तालाई बाटो बनाइदिएको जिकिर गर्नुभयो ।

त्यस्तै उपसभापति निधिले संघीयताको मर्म र भावनाअनुसारको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सातै प्रदेशमा आआफ्नै प्रहरी हुनुपर्ने बताउनुभयो ।