म्यानमारमा भएको हिंस्रक झडपमा २१ प्रदर्शनकारीको मृत्यु

2 years ago

म्यानमारमा भएको हिंस्रक झडपमा २१ प्रदर्शनकारीको मृत्यु

आइतबार म्यानमारको मुख्य शहर यंगूनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारीको मृत्यु भएको छ ।

म्यानमारमा आइतबार देशभरी कम्तीमा ३८ जनाको ज्यान गएको द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स को अनुगमन समूहले दाबी गरेको छ ।

समूहले यंगूनमा मारिएका २१ प्रदर्शनकारीबाहेक अन्य शहरमा पनि मानिसहरु मारिएको अनुमान लगाएको छ। सुरक्षा बललले यंगूनको हलिंग थारयार इलाकामा प्रदर्शन गरिरहेका मानिसहरुमाथि गोली चलाएका थिए । फेब्रुअरी १ मा भएको सैन्य कूलगत्तै म्यानमारमा विरोध प्रदर्शन भइरहेका थिए ।

फेब्रुअरी १ मा नै म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सूकीसमेत थुप्रै नेतालाई पक्राउ गरेपछि सत्ता आफ्नो हातमा लिएको थियो ।