म्यानमारमा ‘कू’ विरुद्ध सशक्त प्रदर्शन ‍

2 years ago

म्यानमारमा ‘कू’ विरुद्ध सशक्त प्रदर्शन ‍

म्यानमारमा सैन्य ‘कू’विरुद्ध आइतवार दोस्रो दिन पनि हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् ।

‍म्यानमारमा सन् २००७ मा भएको बौद्ध धर्मगुरुको अगुवाइमा भएको आन्दोलन यताकै सबैभन्दा ठूलो आन्दोलन हो ‍।म्यानमारको वित्तीय राजधानी यान्गोनका सडकमा राता बेलुनहरुसहित मानिसहरुले प्रदर्शन गरिरहेका छन्। रातो रङ्गले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको एनएलडी पार्टीलाई संकेत गरिएको  छ ।

प्रदर्शनकारीहरुले प्रजातन्त्रको माग गर्दै सैनिक शासनको विरुद्धमा नाराबाजी गरिरहेका छन् । गत सोमवार म्यानमारको सेनाले प्रजातन्त्रवादी नेता तथा सांसदहरुलाई पक्राउ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो भने शनिबार पहिलोपटक ठूलो संख्यामा मानिसहरु प्रजातन्त्रको माग गर्दै सडकमा उत्रेका छन् ।

सरकारले आन्दोलनलाई रोक्न इन्टरनेट सेवा र फोनको लाइन समेत बन्द गरेको थियो ।आइतवार भएको प्रदर्शनको विषयमा म्यानमारको सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वभर आलोचना भइरहेको छ ।