मुग्लिन- पोखरा सडकको ठेक्का चिनियाँ कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउँदै

2 years ago

मुग्लिन- पोखरा सडकको ठेक्का चिनियाँ कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउँदै

मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्युनिकेसन कन्स्ट्रक्सन  कम्पनीले पाउने भएको छ । ठेक्का सम्झौताका लागि सडक विभाग अन्तरगतको आयोजना निर्देशनालय (एडीबी)ले ठेक्का स्वीकृति गर्ने आसयको सूचना प्रकाशित गरिसकेको छ ।

अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्येबाट कम रकम कबोल गरेको आधारमा यो कम्पनी छनोटमा परेको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।यो आयोजना अन्तरगत मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण दिएको छ ।